काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जातीय भेदभाव तथा छुवाछूत सामूहिक र साझा प्रयत्नबाट मात्र अन्त्य गर्न सकिने बताएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा थापाले जातीय भेदभाव तथा छुवाछूत कुनै एक जाति वा समुदायको मात्र समस्या नभएर सिंगो राष्ट्रको साझा समस्या रहेको बताए ।
“सबैको सामुहिक र साझा प्रयत्नबाट मात्र यो कुरीतिको अन्त्य गर्न सकिन्छ,” उनले भनेका छन् ।
नेपालका दलित समुदायलाई पहिलोपटक संसद्मा निर्वाचित गराउने पहिलो दल नेपाली कांग्रेस नै भएको उनको भनाइ छ । “२०४८ सालमा बाँकेबाट नेपाली कांग्रेसका कृष्ण परियार नेपालको इतिहासमा पहिलो निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । नेपाली कांग्रेस पार्टीको केन्द्रीय समितिको महामन्त्री जस्तो गरिमामय पदमा धनमान सिं परियार पार्टीको महामन्त्री हुनुभयो,” उनले भनेका छन् ।


