२३ जेष्ठ २०८३, शनिबार 1780727250
Banner

काठमाडौंमा श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं । श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । 

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको हो । 

घाइते भएकी भुजेलको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

कुटपिट गर्ने मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।