५ आश्विन २०८१, शनिबार 1726906867
राजनीति

प्रदेश सांसद गणेश दुलाल र नवनिर्वाचित अध्यक्ष सरोज ढकाल फोहोर व्यवस्थापनमा सक्रिय

काठमाडौं । प्रदेश सांसद गणेश दुलाल र नवननिर्वाचित काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष सरोज ढकालले सडकको सरसफाइ र फोहोर व्यवस्थापनमा अग्रसरता लिनुभएको छ । आईतबार कामनपा ३१ मा थुप्रिएको फोहोरको डंगुरको व्यवस्थापनका लागि प्रदेश सांसद गणेश दुलाल, वडा अध्यक्ष, पार्टी संयोजक धन बहादुर अछामी सहितको टोलीले फोहोर व्यवस्थापनका लागि पहल लिएको हो ।

फोहोर व्यवस्थापनको दीर्घकालिन उपायका लागि जथाभाबी नथुक्न, चुरोटको टुक्रा नफाल्न र प्रत्येक व्यापारीलाई पसल अगाडी डस्बिन राख्न पनि आग्रह समेत गरेका थिए ।