विराटनगर । कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ ।
जेनजी युवा तथा रुष्ट रहेका कार्यकर्तालाई पेलेर बढ्न खोजेपछि हातहालाहाल भएको असन्तुष्ट पक्षले जनाएको छ । अधिवेशनमा मतदान गर्ने अधिकारबाट केही बेरअघिबाट मात्र आफूहरूको नाम हटाएको विरोधमा बन्दसत्र हल प्रवेश गर्ने मूल ढोका नै बन्द गरेर केही युवा धर्नामा बसेका थिए । उनीहरूलाई हटाएर चुनावी प्रक्रिया सुरु गरेपछि हातहालाहाल भएको हो ।


