२४ जेष्ठ २०८३, आइतबार 1780840880
अर्थ

कुमारी बैंकका ग्राहकलाई बीएण्डबी अस्पतालमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बीएण्डबी अस्पताल प्रालि ग्वार्को–ललितपुरबीच कुमारी बैंकका ग्राहकहरुलाई अस्पतालबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकका अनुसार यस सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरु इनपेशेन्ट, आउटपेशेन्ट, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरुमार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिएको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ । बदलिँदो समयसँग समन्वय गर्दै सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ ।