३ भदौ २०८३, बुधबार 1787130556
Banner

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

मनीला– फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन्।

स्थानीय समय अनुसार बिहान ७:३७ बजे फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित सहरको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता र गहिराइका बारेमा विभिन्न भूगर्भसम्बन्धी निकायले फरक(फरक प्रारम्भिक विवरण सार्वजनिक गरेका छन्। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान फिभोल्क्सका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर रहेको थियो।

तर, अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएस ले भने उक्त भूकम्प ७.८ म्याग्निच्युडको मापन गरेको छ। यूएसजीएसका अनुसार यसको गहिराइ ३५ किलोमिटर छ। यस्तै, जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले पनि भूकम्प ७.८ म्याग्निच्युडकै रहेको र यसको गहिराइ ५० किलोमिटर रहेको जनाएको छ। शक्तिशाली भूकम्पसँगै समुद्रमा ठुला छाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन्। भूकम्पबाट भएको थप क्षति र विवरणहरू आउन बाँकी छ।