लुम्बिनी / लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त पाँच मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले उनीहरूलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्य ले नेकपा (एमाले) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक सांसदलाई मन्त्रिपरिषदमा समेट्दै केही दिन अगाढी मन्त्री नियुक्त गरेका थिए । भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा तुलसीप्रसाद चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा डिल्लीराज भुसाल, स्वास्थ्य मन्त्रीमा रामजीप्रसाद घिमिरे, भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्री र आन्तरिक मामिला तथा कानून मन्त्रालयको भण्डारीलाल अहिर रहेका छन् ।


