१० श्रावण २०८३, आइतबार 1785085734
Banner

प्रतिनिधि सभाको बैठक भोलीसम्मका लागि स्थगित

काठमाडौ /  प्रतिनिधिसभाको बैठक विपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि स्थगित गरिएको छ । सभामुख डीपी अर्यालले बैठक सञ्चालन हुन नसकेपछि सदनलाई भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए ।

प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाएका छन्। उनीहरूले उक्त अभिव्यक्तिबारे सभामुखले आत्मालोचना गर्दै माफी माग्नुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएका छन् । मंगलबारको बैठकमा पनि सदनको कार्यससूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।