२६ जेष्ठ २०८३, मंगलबार 1781022582
अर्थ

नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार

काठमाडौँ । साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ ।

मङ्गलबार बजार खुलेदेखि नै उतारचढाव देखिए पनि अन्तिम समयमा नेप्से घटेर बन्द भएको हो । आज ३५७ कम्पनीका १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ४४ करोड ३ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ। १५ कम्पनीको मूल्य भने स्थिर रह्यो।आज सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्यमा झन्डै १५ प्रतिशतको वृद्धि देखिएको छ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य १०.९८ प्रतिशतले बढेको छ । आज क्रेष्ट माइक्रो लाइफ इन्सयोरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज कृषि विकास बैंकको डिवेञ्चर एडीबीएलबी८६ अग्रस्थानमा रह्यो । यसको ५७ करोड २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ।