२८ जेष्ठ २०८३, बिहिबार 1781181164
समाचार

हर्क साम्पाङले देखाए संसदमा प्लेकार्ड

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमा नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गरेका हुन् । उनले सदन सञ्चालन भएपनि माग पूरा नभएसम्म आफूहरुले यस बिषयमा निरन्तर आवाज उठाउने धारणा राखे ।