२९ जेष्ठ २०८३, शुक्रबार 1781260014
खेलकुद

विश्वकप २०२६ : चेक गणतन्त्र र दक्षिण कोरियाबीच कडा प्रतिस्पर्धा

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को दोस्रो खेलमा चेक गणतन्त्रले दोस्रो हाफको ५९ औं मिनेटमा गोल गर्दै दक्षिण कोरियामाथि १–० को अग्रता लियो  ।

मोक्सिकोको ग्वाडालजारा रंगशाला जारी खेलमा चेक गणतन्त्रका लागि लाडिस्लाभ क्रेजीले पहिलो गोल गरे । तर दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा होङ इन बियोमले बराबरी गोल फर्काए ।

दुवै टोली १–१ गोलको बराबरीमा छ ।

पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।

चेक रिपब्लिक र दक्षिण कोरियाबीचको यो खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ ।