२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 12:51 pm
खेलकुद

विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्दै

सूचना प्रेस २०८३ कार्तिक २६ बिहिबार ००:००, १२:४८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान चमिका करुणारत्नेले टस जितेर ब्याटिङ रोजेपछि विराटनगरले बलिङ गर्ने भएको हो।

प्लेअफ सम्भावना जिवित राख्न यी २ टोलीलाई जितको आवश्यक्ता छ। आजको खेलमा पोखराले हार भोगे प्लेअफ दौडबाट औपचारिक रुपमा बाहिरिनेछ।

विराटनगरले हार भोगे प्लेअफ यात्रा कमजोर हुनेछ। २ खेलमा जित र ३ खेलमा हार भोगेको विराटनगर ४ अंकमा तालिकाको छैटौँ स्थानमा छ। समान खेलबाट १ खेलमा जित र ४ खेलमा हार भोगेको पोखरा २ अंकमा तालिकाको पुछारमा छ।