२९ जेष्ठ २०८३, शुक्रबार 1781278340
Banner

बालेन सरकार ६ महिना पनि नटिक्ने गरी सशक्त आन्दोलन आवश्यक : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढल्ने गरी आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आज बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले सरकारलाई ६ महिना पनि नटिक्ने गरी भदौ २३ र २४ गते गरेको आन्दोलनभन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘सदनमा बोल्ने कोही छैन। त्यसैले जनताले यो भन्दा बढी बुझ्नुपर्ने केही छैन। अब हामी बालेन सरकारलाई ६ महिना पनि नटिक्ने गरी यिनीहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनभन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ।’