२९ जेष्ठ २०८३, शुक्रबार 1781279738
Banner

बिपी राजमार्गको सेल्फी डाँडामा बस दुर्घटना : पाँच जनाको मृत्यु

काठमाडौं । बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना भएको छ । काभ्रेको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको ब ३ ख ८३९८ नम्बरको यात्रुवहाक बस शुक्रबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा हालसम्म पाँच जनाको मृत्यु भएको छ । घटनामा धेरै यात्रु हताहत भएको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।