४ आश्विन २०८१, शुक्रबार 1726875579
Banner

एमालेको सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।

स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकको एजेण्डामा राखिएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले आजको बैठकको एजेण्डा तय गरेको थियो ।