३१ जेष्ठ २०८३, आइतबार 1781432641
Banner

परराष्ट्रमन्त्री खनाल आज चीन उड्दै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणका लागि जाने भएका छन् ।

उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आज बेइजिङ जान लागेका हुन् ।

भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङ यी लगायत चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।

उनले नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा भाग लिने तथा चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनेछन् ।