३१ जेष्ठ २०८३, आइतबार 1781448883
Banner

गाडीले ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

जेठ ३१ गते । सर्लाहीको बागमती नगरपालिका –९, निर्माण चोकमा आइतबार बिहान इभी गाडीको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । 

अर्का एकजना गम्भीर घाइते भएका छन् । बिग्रिएर टुचन लगाइ तानिरहेको बागमती प्रदेश ०३००१ ज ०७७६ नम्वरको इभी हायस गाडीले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको मृत्यु भएको हो । 

इभी गाडीलाई प्रदेश २–०२–००१ ह १८७९ अटोले तानेर मर्मतका लागि लैजाँदै गर्दा बाटोमा हिँडिरहेका जयकुमारी देवी र अर्का स्थानीय ४० वर्षीया पुनमदेवी यादवलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि वीरगन्जतर्फ लैजानेक्रममा जयकुमारी देवीलाई प्रादेशिक अस्पताल कलैया, बारा पु¥याएर चेकजाँच गर्दा मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनामा घाइते पुनमदेवीको कलैयास्थित एक निजी अस्पतालमा उपचार जारी छ । महिलालाई ठक्कर दिने गाडी, अटो तथा दुवै सवारी चालकलाई नियन्त्रणमा लिइएको डिएसपी सुवेदीले बताउनुभयो ।