२ असार २०८३, मंगलबार 1781612845
अर्थ

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ तोकेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम गरिएको छ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ। सोमबार प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँ कायम भएको हो।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २७८ रुपैयाँ रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।