२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 10:59 am
समाचार

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

सूचना प्रेस २०८३ असार २ मंगलबार ००:००, १२:३९ बजे १ मिनेट पढाइ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको आयोगका एक जना उच्च अधिकृतले बताए । विभागको ३०१ नम्बर कोठाबाट उनलाई नियन्त्रणमा लिएको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।