२३ भदौ २०८३, मंगलबार 1788901682
अर्थ

सिटिजन्स बैंक इन्टरनेसनलको ८औं विशेष साधारण सभा सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनलको ८औं विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सभा सम्पन्न भएको हो। ८ औं विशेष साधारण सभाबाट बैंकको नियमावली अनुसार समूह क संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै सेयरधनी अनिल कुमार ज्ञवाली गरी १ जना र समूह ख सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै सेयरधनीहरु प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित, हिमादेवी खड्का के.सी. ३ जना गरी जम्मा ४ जना सञ्चालकहरू निर्वाचित भएका छन्।

यसैगरी, प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न २ अर्ब रूपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी समेत गर्ने निर्णय विशेष साधारण सभाले पारित गरेको छ।

बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट २० लाख ३२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।