नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)को जिम्मेवारी सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई दिइएको छ।

कम्पनीको ३ गते बसेको सञ्चालक समिति बैठकले कम्पनीको ११औँ तहमा कार्यरत सहायक सीईओ भण्डारीलाई निमित्त सीईओ तोकेको हो। उनले ३ गतेबाटै जिम्मेवारी सुरु गरेका छन्।


