५ असार २०८३, शुक्रबार 1781874015
Banner

तोलाको १० हजार ५ सयले घट्यो सुन

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।

सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँ घटेर २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो। बुधबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको थियो।

यसअघिका ३ दिनमा ६५ सय बढेको सुनको भाउ गएका ३ दिन लगातार घटेको हो। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।
चाँदीको भाउ आज तोलामा ३०५ रुपैयाँ घटेर ४ हजार ६४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।