काठमाडौं । कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले २०७९ को संघीय निर्वाचनमा पार्टीको उम्मेदवारको रूपमा र २०८२ निर्वाचनमा व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर पार्टीका अन्य उम्मेदवारहरूलाई जिताउन भूमिका खेलेको दाबी गरेका छन् ।
‘मेरो उम्मेदवारी कुनै पद प्राप्तिको चाहना होइन, पार्टीलाई अझ बलियो, व्यवस्थित र शुभचिन्तकमैत्री बनाउन योगदान गर्ने प्रतिबद्धता हो । पार्टीभित्रका साथीहरुको आवाज केन्द्रसम्म पुर्याउने र संगठन निर्माणमा इमानदार भूमिका निर्वाह गर्ने मेरो अठोट छ ।’ उनले भनेका छन् ।
उनले आफ्नो काम, योगदान र प्रतिबद्धतालाई मूल्यांकन गर्दै आफ्नो अमूल्य मत र विश्वास प्रदान गर्न अनुरोध समेत गरेका छन् ।


