४ आश्विन २०८३, आइतबार 1789932955
समाचार

पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली। सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ। यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ।सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।