११ श्रावण २०८३, सोमबार 1785135882
Banner

रास्वपा र नेकपाबीच धेरै समानता छन् : वर्षमान पुन

काठमाडौं : नेकपा नेता वर्षमान पुन ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो पार्टीबीच धेरै समानता रहेको बताएका छन्। आइतबार भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिँदै उनले दुवै शक्तिले राजनीतिक निरन्तरतामा क्रमभंगता गर्दै आफ्ना मार्ग तय गरेको उल्लेख गरे।

नेता पुनले पृष्ठभूमि र कार्यशैली फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा दुवै दल नजिक रहेको धारणा राखे। उनले सुशासनको सवालमा पनि नेकपा र रास्वपाबीच सहकार्यको सम्भावना अन्य दलभन्दा बढी रहेको बताए।

उनले नेपाली समाजको रूपान्तरणको यात्रा कठिन रहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र लामो संघर्ष र बलिदानको परिणाम भएको स्मरण गराए। पुनले पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिँदै महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे।