१० असार २०८३, बुधबार 1782327366
अर्थ

१ अर्ब ५५ करोडको लागतमा धनुषामा चारतारे ‘मनसरा होटल’ बन्दै

काठमाडौँ । मनसरा होटल प्राइभेट लिमिटेडले धनुषा जिल्लाको गोदार क्षेत्रमा प्रिमियम स्तरको चारतारे होटल बनाउने भएको छ । कम्पनीले धनुषाको गोदारमा ९।२ हेक्टर अर्थात् करिब ४ लाख ९ सय ५० वर्गफिट क्षेत्रफलमा फैलिएको आधुनिक होटल बनाउने भएको हो । होटलमा कुल ६० वटा सुविधासम्पन्न कोठा रहनेछन् । जसमा एक प्रेसिडेन्शियल सुइट, दुई सुइट रुम, ३६ डिलक्स रुम तथा २१ स्ट्यान्डर्ड रुम समावेश हुनेछन् ।

यो होटल निर्माण परियोजनाको कुल अनुमानित लागत १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ रहेको छ । ३९ प्रतिशत स्वपूँजी ९इक्विटी० र ६१ प्रतिशत ऋण लिएर होटल निर्माण गरिदैछ । प्रवद्र्धकहरूले हालसम्म १६ करोड रुपैयाँ बराबरको इक्विटी लगानी जुटाइसकेका छन् । मे २०२५ सम्म परियोजनाको वित्तीय तथा भौतिक प्रगति प्रारम्भिक चरणमा रहेको र करिब १६ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ । निर्माण कार्य निर्धारित समयमै सम्पन्न भएमा होटललाई वि।सं। २०८४ वैशाखदेखि व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

कम्पनीले होटल निर्माण गर्न दीर्घकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीमा तीन जना बोर्ड सदस्य छन् । कम्पनीको अध्यक्ष इन्दिरा पन्त हुन् । कम्पनीका अनुसार होटलमा पाहुनाका लागि बहुआयामिक सुविधा उपलब्ध गराइनेछ । अत्याधुनिक रेस्टुरेन्ट, जिम तथा हेल्थ क्लब, स्वीमिङ पुल, स्पा, कन्फरेन्स हल तथा विवाह, भोज र अन्य विशेष समारोहका लागि ब्याङ्क्वेट सुविधाको व्यवस्था गरिनेछ ।