४ आश्विन २०८१, शुक्रबार 1726868051
Banner

पाँच दलबीच सम्मानजनक एकता नभएको एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय चुनामा पाँच दलबीच सम्मानजनक एकता नभएको निष्कर्ष निकालेको छ । बैठकपछि नेता झलनाथ खनालले पाँचदलबीच सम्मानजनक एकता नभएकाले आउनुपर्ने परिणाम नआएको पार्टीको धारणा रहेको बताउनुभयो ।

‘वास्तवमा पाँच दलको बिचमा जुन ढंगले हुनुपर्थ्यो त्यो ढंगले भएन । सम्मानजनक एकता भएन, त्यसकारण आउनुपर्ने परिणाम पनि आएन,’ उहाँले भन्नुभयो ।

आगामी दिनमा के गर्ने भन्नेबारे छलफल जारी रहेको उहाँले बताउनुभयो ।