१२ असार २०८३, शुक्रबार 1782497701
राजनीति

प्रतिस्पर्धी दलका नेतालाई चुप लगाउन सरकारले बंगलादेश र पाकिस्तानको मोडल अपनायो : झाँक्री

काठमाडौं । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले राजनीतिक प्रतिशोधको नीति अपनाउँदै विपक्षी दलका नेताहरूलाई लक्षित गरेर पक्राउ गर्ने प्रवृत्ति बढाएको आरोप लगाएकी छन्।

राष्ट्रियसभा बैठकमा बोल्दै उनले एमाले उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति असन्तुष्टि जनाउँदै अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुन सक्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिनु सरकारको नियतमाथि प्रश्न उठाउने विषय भएको बताइन्।

उनले सरकारले सुशासनको नाममा विपक्षीमाथि मात्रै कारबाही केन्द्रित गरेको दाबी गर्दै आफ्नै दलका नेतामाथि लागेका आरोपमा भने फरक व्यवहार देखाएको आरोप लगाइन्।

झाँक्रीले भनिन्, ‘आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई दबाबमा राख्न र आवाज बन्द गराउन सरकारले बङ्गलादेश र पाकिस्तानमा अपनाइने शैलीको अभ्यास गरिरहेको देखिन्छ। विपक्षी नेता, व्यवसायी र नागरिक समाजका व्यक्तिहरूमाथि कारबाही गरेर त्रास सिर्जना गर्ने काम भइरहेको छ।’