१५ असार २०८३, सोमबार 1782727694
अर्थ

पशुपति खाद्य तेल उद्योगलाई ‘टप एक्सपोर्टर अवार्ड’ प्रदान

विराटनगर । शार्दा ग्रुप अन्तर्गतको पशुपति खाद्य तेल उद्योगले निर्यात क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उद्योग संगठन मोरङ (CIM) द्वारा प्रदान गरिएको प्रतिष्ठित ‘टप एक्सपोर्टर अवार्ड’ प्राप्त गरेको छ। 

उद्योग संगठन मोरङले उद्योग, उत्पादन तथा निर्यात प्रवर्द्धनमा उत्कृष्ट योगदान पुर्‍याउने उद्योगहरूलाई सम्मान गर्ने क्रममा यस वर्ष पशुपति खाद्य तेल उद्योगलाई उक्त सम्मान प्रदान गरेको हो।

उक्त सम्मान शार्दा ग्रुपका निर्देशक अमित शार्दाले एक विशेष समारोहबीच ग्रहण गरेका थिए। यस उपलब्धिले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न, विदेशी मुद्रा आर्जन बढाउन तथा देशको औद्योगिक र आर्थिक विकासमा पशुपति खाद्य तेल उद्योगले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई थप उजागर गरेको छ। यस अवसरमा निर्देशक अमित शार्दाले यो सम्मान सम्पूर्ण कर्मचारी, व्यवसायिक साझेदार, ग्राहक तथा शुभेच्छुकहरूको विश्वास र निरन्तर सहयोगको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि उच्च गुणस्तरका उत्पादनमार्फत नेपालको निर्यात क्षेत्रलाई अझ सशक्त बनाउन प्रतिबद्ध रहने बताए।

शार्दा ग्रुपले यो ऐतिहासिक उपलब्धिका लागि पशुपति खाद्य तेल उद्योगको सम्पूर्ण टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि उत्कृष्टता, गुणस्तर र नवप्रवर्तनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।