१८ असार २०८३, बिहिबार 1782998542
अर्थ

तोलामै ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो बुधबार २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोवार भइरहेको छ ।