१० श्रावण २०८३, आइतबार 1785123578
समाचार

राष्ट्रिय भेला गर्ने कांग्रेस संस्थापनइतर पक्षको निर्णय

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले राष्ट्रिय भेला गर्ने भएको छ। शुक्रबार पूर्वउपसभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको इतर पक्षको बैठकले संस्थापन पक्ष एकताको विषयमा गम्भीर नबनेको निष्कर्ष निकाल्दै इतर पक्षले राष्ट्रिय भेलाको निर्णय गरेको हो।

बैठकले भेलाको मिति भने तय गरेको छैन। आगामी सोमबार महाराजगन्ज चुनदेवीमा १५औँ महाधिवेशन तयारी समितिको सम्पर्क कार्यालय खोलेर सोही दिन राष्ट्रिय भेलाको मिति तोक्ने निर्णय भएको बैठकमा सहभागी नेता एनपी साउदले जानकारी दिए।