२१ भदौ २०८३, आइतबार 1788715006
Banner

वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्– ‘पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा लहर सिर्जना गरेर सत्तामा पुग्नु एउटा कुरा हो, तर सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ।’

उनी थप लेख्छन्– ‘वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, आफूलाई पुनर्जीवित गर्ने एउटा अवसर पनि हो। विचार, संगठन, आचरण र व्यवहारमा प्रभावकारी सुधार ल्याएर मात्रै पुराना दलहरूले आफूलाई जनतामा पुनः स्थापित गर्न सक्दछन् ।’

यदि पुराना दलहरूले समयमै आफूलाई सुधार गर्न सकेनन् भने, राजनीतिमा एउटा पपुलिष्टको पतन पछि त्यसको ठाउँ पुनः अर्को पपुलिष्टले नै लिने सम्भावना रहने उनले उल्लेख गरे ।

यो सत्यलाई बुझेको नेकपा एमाले वर्तमान चुनौतीलाई हरेक ढंगले सामना गर्न र मुलुकलाई नयाँ सोच र संकल्पकासाथ संविधानवाद र परिपूर्ण लोकतन्त्रको दिशामा अघि बढाउन सक्षम रहेको पोखरेलको दाबी छ ।