२४ मंसिर २०८१, सोमबार 1733795075
Banner

मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड 

जनकपुरधाम । मधेस सरकारले अगामी आर्थिक वर्षका लागि रु। ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार बजेट विनियोजन गरेको छ । बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आर्थिक वर्ष ०७९र०८० को बजेत प्रस्तुत गरेका हुन् ।

सरकारले विनियोजन गरेको कुल बजेटमध्ये चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार आर्थत ४६ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत बजेट छ ।

वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार दुई सय, आन्तरिक राजस्वबाट चार अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषमा रहेको सञ्चितितर्फ ३८ करोड रहेको जनाइएको छ । नेपाल सरकारबाट राजस्व बाँडफाडबापत ११ अर्ब ६१ करोड ९८ लाख, समानीकरण अनुदानबापत सात अर्ब ८१ करोड ५८ लाख र चालु वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड रहेको जनाइएको छ ।