२२ असार २०८३, सोमबार 1783369702
Banner

टेरामक्स प्रकरणमा मोहन बस्नेतलाई सफाई

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामक्स० भ्रष्टाचार प्रकरणमा दोषी ठहर गर्दै तीन जनालाई सजाय सुनाएको छ।

न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्षसहित तीन जनालाई यस प्रकरणमा दोषी ठहर गरेको हो।

अदालतको फैसला अनुसार तत्कालीन अध्यक्ष दिगम्बर झालाई एक वर्ष तथा तत्कालीन सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई जनही छ(छ महिना कैद सजाय तोकिएको छ ।

अदालतले पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई भने सफाइ दिएको छ । त्यसैगरी, सफाइ पाउनेहरुमा अन्य प्रतिवादीहरू पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्रलगायत भेनराइज सोलुसन्स पनि रहेका छन् ।