२३ असार २०८३, मंगलबार 1783468563
Banner

इजिप्टलाई हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्ट विरुद्ध सानदार सानदार विजय प्राप्त गरेको छ। ३–२ को जित निकाल्दै अर्जेन्टिनाले जारी प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

०–२ ले पछि परेको अवस्थामा अर्जेन्टिनाले खेलको अन्तिम समयमा मात्र ४ मिनेटभित्र दुई गोल गर्दै २–२ को रोमाञ्चक बराबरी गरेको थियो ।
खेलको ७९ औँ मिनेटमा क्रिस्टियन रोमेरोले कप्तान लियोनल मेसीको पासमा गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउने आश दिलाएका थिए। त्यसको लगत्तै ८३ औँ मिनेटमा मेसीले आफैँ गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा पुर्‍याए।

मेसीको यो गोलका लागि लाउटारो मार्टिनेजले सानदार पास उपलब्ध गराएका थिए। यसअघि पेनाल्टीमा चुकेर निराश देखिएका मेसीले यो गोलसँगै अर्जेन्टिनाको संकट टारेका छन् । इजिप्टले १५ औँ मिनेटमा यासेर इब्राहिम र ६७ औँ मिनेटमा मोस्ताफा जिकोको गोलमार्फत २–० को अग्रता लिए पनि अर्जेन्टिनाको आक्रामक पुनरागमनले खेल अहिले बराबरीमा पुगेको थियो । खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिएका बेला इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए।