१० कार्तिक २०८१, शनिबार 1729930610
Banner

निहारिकाको न्यायका लागि अनेमसंघले उठायो संसदमा आवाज (भिडियो)

काठमाडौं । ६ दिनदेखी काठमाडौंको बसन्तपुरमा अनसनरत ‘कुमारी आमा’ निहारिका राजपुतलाई न्याय दिलाउन माग गर्दै आज प्रतिनिधिसभाको बैठकमा अखिल नेपाल महिला संघले आबाज उठाएको छ । नेकपा एमालेकी सांसद एवं अखिल नेपाल महिला संघका संयोजक थममाया थापाले निहारिकालाई न्यायको पहल गर्न ढिलो भएको बताउनुभयो । सांसद थापाले भन्नुभयो, ‘राजधानी एउटी नेपाली चेली काखमा दूधे बालक च्यापेर न्यायको भीख मागिरहेकी छिन् । जुन राज्यका लागि लाजमर्दो घटना हो ।’

महोत्तरीकी निहारिकाले आफू १७ वर्षको हुँदा जनकपुरमा शिवराम श्रेष्ठ नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको बताउँदै आएकी छन् । सोही गर्भबाट जन्मेको बालक अहिले २१ महिना पुगेको छ ।

‘यही विषयमा राज्यका सबै संयन्त्रमा न्यायको भीख माग्दा न्याय पाइनन्,’ बैठकमा सांसद थापाले भन्नुभयो,‘अदालतले समेत न्याय दिन सकेन । बाध्य भएर पाँचबुँदे माग राखेर अनशनमा छिन् ।’ यसअघि हिजो अखिल नेपाल महिला संघका सचिव सुजिता शाक्यसहित अनेमसंघका पदाधिकारीहरुले अनसनरत निहारिकालाई बसन्तपुरमा भेट गरेका थिए ।