काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका पठाओ चालक गणेश नेपालीको मृत्यु प्रकरणमा तीनजना नगर प्रहरी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिएका हुन्।
दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। नेपालीको आज बिहान वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मुगुको सोरु गाउँपालिका १ घर भएका २५ वर्षीय नेपाली भक्तपुरमा बसेर पठाओ चलाउने काम गर्दथे ।

