२७ असार २०८३, शनिबार 1783793650
समाचार

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

धनुषा : धनुषाको मिथिला नगरपालिका–९, बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान एम्बुलेन्स र उपमेयर सवार सरकारी गाडी एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।

बिहान करिब ६:२० बजे बडहरीबाट बिरामी बोकेर विराटनगरतर्फ जाँदै गरेको ना २ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ गइरहेको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी आपसमा ठोक्किँएका हुन्।