धनगढी । डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार बिहान अत्तरिया अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
डडेल्धुराको जोगबुडा घर भएका जोशीलाई २७ गते राति ड्युटीका क्रममा अचानक पेट दुखेपछि जिल्ला अस्पताल डोटी लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रिफर गरिएको थियो।
प्रहरीका अनुसार उपचारकै क्रममा उनको निधन भएको हो। मृत्युको यकिन कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने जनाइएको छ। उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

