३१ भदौ २०८३, बुधबार 1789591548
Banner

मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ । सोमबार साँझ सूचना जारी गर्दै सवारी आवागमनमा रोक लगाइएको जनाएको हो ।

लगातार भएको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक अवरुद्ध भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा रोक लगाइएको जनाएको हो ।

ूलगातार भएको भारी वर्षाको कारण नारायणगढ मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध हुन पुगेको हुँदा यो सडकखण्ड भएर चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमन अर्को सूचना प्रकाशन नभएसम्मका लागि पूर्ण रूपमा रोक लगाइएको छ,ू प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।