काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पक्राउ परेका एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले दुईतर्फी बहस सकिएपछि विभागलाई ३ दिनको थुना अनुमति दिएको हो ।
पौडेललाई योसहित अदालतबाट पाचौँपटक थुना अनुमति भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि भन्दै पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गर्दै काठमाडौं ल्याइएको थियो ।
पौडेलमाथि व्यवसायी भट्टलाई गैरकानुनीलाभ पुर्याउन सहयोगी भूमिका निर्वाह गरेको आरोप छ । विशेष अदालतमा थुना म्याद माग गर्ने क्रममा सरकारी वकिलले श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले किनेको विषय शंकास्पद रहेको दाबी गरेका छन् ।

