४ आश्विन २०८१, शुक्रबार 1726824100
Banner

एमालेका निर्वाचित जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित भएका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ ।

बिहीबार र शुक्रबार जनप्रतिनिधिलाई एमाले स्कुल विभागले प्रशिक्षण दिन लागेको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुसार आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुनेछ । उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।

No description available.