३२ असार २०८३, बिहिबार 1784227641
समाचार

लक्ष्मी महतो कोइरीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।

उनका छोरा मनोज कुमार महतोले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा कोइरी यही असार १८ गते पक्राउ परेका थिए।