काठमाडौं । नेकपा (एमाले) ले पार्टीका सांसदहरूलाई प्रशिक्षण दिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी संसदीय विभागको आयोजनामा संसदमा प्रभावकारी भूमिका निर्वाहका लागि सांसदहरूलाई प्रशिक्षण आयोजना गरिएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई प्रशिक्षण दिनेछन् । संसद सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन् ।
संसदीय समितिका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयमा पनि राईले जानकारी दिने छन् । महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिने कार्यसूची छ ।
हरेक सांसदले पार्टी नीति अनुरूप संसदमा भूमिका निर्वाह गर्नुपर्ने भएकोले सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग पनि समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि पोखरेलले स्पष्ट पार्नेछन् ।

