५ श्रावण २०८३, मंगलबार 1784655595
विश्व

२० लाख समर्थकले स्वागत गरे स्पेनको बिश्वबिजेता टोलीलाई

काठमाडौं। स्पेनको राष्ट्रिय फुटबल टोलीले आफ्नो दोस्रो विश्वकप उपाधि जितेको खुसीयाली स्वदेशमा भब्य तरिकाले मनाएको छ ।

स्पेनको राजधानी म्याड्रिडमा स्थानीय समय अनुसार सोमबार करिब २० लाख समर्थकबाट बिजेता राष्ट्रिय टोलीले भव्य स्वागत पाएको हो ।

टोलीले म्याड्रिडको मध्यभागमा खुला छत भएको बसमा र्‍याली निकाल्यो र त्यसपछि सहरको प्रख्यात ‘प्लाजा डे सिबेलेस’ मा भेला भएका उत्साही समर्थकहरूसँग खुसी साटेको थियो ।

आइतबार न्यु जर्सी, अमेरिकामा भएको विश्वकपको फाइनल खेलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गरेर दोस्रो पटक विश्वबिजेता बनेको हो । खेलभरि उत्कृष्ट प्रदर्शन गरेको स्पेनका लागि फेरान टोरेसले निर्णायक गोल गरेर टोलीलाई बिश्वबिजेता बनाएका थिए ।