१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:09 am
राजनीति

नेपाली कांग्रेस फुटे लोकतन्त्र कमजोर हुन्छ : मोहन बस्नेत

सूचना प्रेस २०८३ श्रावण ६ बुधबार ००:००, १७:४१ बजे १ मिनेट पढाइ

काठमाडौँ : नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्रको एकतालाई सुदृढ बनाउँदै बलियो कांग्रेस निर्माण गर्नुपर्ने बताएका छन्। उनले कांग्रेस कमजोर भए मुलुकको लोकतान्त्रिक प्रणाली नै जोखिममा पर्ने भन्दै आन्तरिक विवादभन्दा संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

बुधबार बिपि स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले कांग्रेस फुटको बाटोमा होइन, अझ बलियो र संगठित पार्टी निर्माणको दिशामा अघि बढ्नुपर्ने बताए। साथै नेपाली कांग्रेस कमजोर भयो भने मुलुकको प्रजातन्त्र दुर्घटनामा पर्ने र भन्दै पार्टीभित्र एकता, संगठन विस्तार र जिम्मेवारीबोध हुनुपर्ने बताए।

बस्नेतले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस स्थानीय तह, प्रदेश र संघीय तहसम्म बलियो राजनीतिक शक्तिका रूपमा स्थापित भएको भन्दै वर्तमान सभापति गगन थापाको नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसले पार्टी विभाजनको अवस्था सिर्जना गर्न नहुने बताए।