काठमाडौं । प्रहरीले वेदिका केसीलाई पक्राउ गरेको छ ।चरित्र हत्या गरेको आरोपमा प्रहरीले केसीलाई जोरपाटीबाट पक्राउ गरेको हो । कथावाचिका राधिका दासीको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।
वेदिकाले टेलिभिजन अन्तर्वार्ता साथै सामाजिक सञ्जालमा दासीका विषयमा विभिन्न अभिव्यक्ति दिएकी थिइन् ।

