१० श्रावण २०८३, आइतबार 1785101413
Banner

सरकारसँग पाँचबुदे सहमतिपछि निहारिकाले तोडिन अनसन

काठमाडौं । न्याय माग गर्दै आमरण अनशनमा बसेकी निहारिका राजपूत र सरकारबीच पाँचबुदे सहमति भएको छ। निहारिकाले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेकी हुन्।

छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्नेलगायत सहमति भएको हो।

आफूलाई बलात्कार गर्ने स्थानीय शिवराम श्रेष्ठलाई कानुनी कठघरामा ल्याउन माग गर्दै निहारिकाले जेठ २७ देखि आमरण अनशनमा बसेकी थिइन्।