२९ कार्तिक २०८३, आइतबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:36 am
समाचार

पहिरोमा पुरिएका सासू बुहारी मृत भेटिए

सूचना प्रेस २०७९ असार ३ शुक्रबार ००:००, ११:१९ बजे १ मिनेट पढाइ

विराटनगर । ताप्लेजुङको सिरिजंघास्थित खेवाङमा पहिरोमा पुरिएर बेपत्ता भएका सासू-बुहारी मृत भेटिएका छन् ।

गएराति भारी वर्षासँगै खसेको पहिरोले विष्णु अधिकारीको घर पुरिएको थियो । पहिरोमा विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भागेर ज्यान जोगाएका विष्णु अधिकारी गम्भीर घाइते छन् । उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि लैजाने तयारी गरिएको छ ।