२७ भदौ २०८३, शनिबार 1789227197
Banner

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

साउन १२ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।

मङ्गलबार दिउँसो ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा वरिष्ठ नेता श्रेष्ठको निधन भएको नेपाली काङ्ग्रेसका महामन्त्री गुरु घिमिरेले जानकारी दिनुभयो।

पार्टीको कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न भूमिकामा रहेर गरेको योगदान गर्नुभएका श्रेष्ठ क्यान्सर पीडित हुनुहुन्थ्यो । उहाँ विगत १५ दिनदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा उपचाररत हुनुहुन्थ्यो ।श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बुधबार बिहान सानेपास्थित नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा राखिने छ। 

काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार वरिष्ठ नेता श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको हो । उपसभापति शर्माले उहाँको निधन लगत्तै बुधबार बिहानका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिनुभयो । बैठकले शोक प्रस्ताव पारित गरेपछि अन्तिम श्रद्धाञ्जली दिँदै  शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।